२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यदशैंमा काठमाडौंको काटेश्वरमा भिषण आगलागी हुँदा करोडौंको क्षति




२२ असोज ०७९, काठमाडौं । मध्यदशैंमा काठमाडौंको काटेश्वरको एक घरमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित दिनेश पराजुली र विश्व भरको घरमा रहेको रानीमहल रोधी घर, साङ्ग्री थेशस कलेक्शन र किरिस कलेस स्टोरमा आगलागी हुँदा करिब २ करोड २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीबाट रामेछाप मन्थली नगरपालिका ८ घर भएका शुसिल बुढाथोकीले सञ्चालन गरेको रोधी घरमा रहेको करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने बारा निजगढ नगरपालिका ८ घर भएका निरोज थापाले सञ्चालन गरेको थेशस कलेक्शनमा रहेको करिब ६० लाख रूपैयाँ मूल्य बराबरको कपडा लगायतका सामाग्री जलेर नष्ट भएको छ । आगलागी स्थानीय र उपत्यकाका दमकलहरुको सहायताले नियन्त्रणमा लिइएको थियो ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।