११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको कागेश्वरी मनोहरामा २ जना मृत अवस्थामा फेला




२२ असोज ०७९, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा २ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिक –७ थापाचोक बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका ९ स्थायी ठेगाना भएका ५२ वर्षीय बालकृष्ण ढुङ्गेल आफ्नै घरको भुइँतलाको बाथरुमभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीस्थित खोला किनारमा हालसम्म नाम, थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ६ : ५१ बजे