११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा कहाँ कसरी हुँदैछ उम्मेदवारी मनोनयन ?




ललितपुर खबर
२३ असोज ०७९,चापागाँउ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा संघीय निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ ।
यसै क्रममा ललितपुरमा विभिन्न पार्टीहरु झाँकीसहित उम्मेदवारी दर्ता गराउदैछन् ।
ललितपुरमा निर्वाचन आयोगले ललितपुर क्षेत्र नंम्बर ३ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी प्रशिक्षण प्रतिष्ठान जावलनखेल(स्टिल टावरसँगै) क्षेत्र नं. २ का लागि नेपाल स्क्वास तथा र्याकेट संघ सातदोबाटो र क्षेत्र नं. १ का लागि गोदावरी नगरपालिकाको कार्यालय चापागाँउमामा निर्वाचन अधिकृतको कार्यालय गतअसोज १५ गते स्थापना गरेको थियो ।
नेकपा एमालेले ललितपुरको लगनखेलबाट अपरान्ह १ बजे झाँकीसहित उम्मेदवारी दर्ता गराउन जाने कार्यक्रम रहेको जानकारी दिएको छ । साथै २ बजे ग्वार्कोबाट र चापागाँउको प्याङगाँउबाट १२ बजे झाँकि नस्कने समेत नेकपा एमालेको तयारी छ ।
गठबन्धनको तर्फबाट नेकपा माओवादी , नेपाली काँग्रेस र नेकपा समाजबादीले कहाँ कसरी झाँकी निकाल्ने भन्ने अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : ३१ बजे