११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ बाट उदयशमशेर राणाले गरे उम्मेदवारी दर्ता



२३ असोज ०७९, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ५१ बजे