११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले नेताले गरे बज्रबाराही मन्दिरमा पुजा




२३ असोज ०७९, चापागाँउ । नेकपा एमालेका ललितपुर क्षेत्र नं. १का संघीय तथा प्रदेस निर्वाचनका उम्मेदवारहरुले नेताहरुले उम्मेदवारी दर्ताका क्रममा बज्रवाराही मन्दिरमा पुजा गरेका छन् ।
आज अपरान्ह चापागाँउको प्याङगाँउबाट सुरु भएको जुलुसका क्रममा सयौं समर्थकहरु बजागाजा सहित बज्रबाराही पुगेका थिए । ललितपुर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नवराज सिलवाल, ललितपुर १ कबाट उम्मेदवार मधुसुदन पौडेल र १ खबाट उम्मेदवार चेतनाथ सञ्जेलले मन्दिरमा भेटि चढाएर ढोगेका थिए ।


मन्दिरबाट फर्केपछि उनीहरुले तस्विर समेत खिचाए । उम्मेदवारी दर्ताका क्रममा नेताहरु सिलवाल,संजेल र पौडेलले दुई औला ठड्याएर पोज दिएका थिए ।
उम्मेदवारी दर्ता गराउने क्रममा गठबन्धनका उम्मेदवारहरु प्रतिनिधिसभाका उम्मेदवार उदयशम्सेर राणा, प्रदेस १ क बाट हरि दाहाल ललित र ख बाट मीनकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराउनु अघि प्याङगाँउ कार्यालयबाट चापागाँउ हुँदै ज्योतिविहार परिक्रममा गर्दै बज्रबाराही पुगेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ९ : ५७ बजे