३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा स्वतन्त्र उम्मेदवार दिदै हरेक निर्वाचनमा हुन्छ खेल




ललितपुर खबर
२४ असोज ०७९, काठमाडौं । ललितपुरका ९ वटा क्षेत्रबाट आइतबार १ सय ३६ जनाले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेससभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराए ।
नेकपा माओवादी नेपाली काँग्रेसलगायतको गठबन्धन, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अरु दुई चार वटा दल अस्तित्वमा छन् । केही स्वतन्त्रसहित दुई चार दर्जन उम्मेदवार हुनु पर्ने हो । तर दर्जनौंभन्दा धेरै स्वतन्त्र उम्मेदवारका कारण यो संख्यामा उम्मेदवारी परेको छ ।
यति धेरै स्वतन्त्र उम्मेदवार हुनुमा खास कारण छ । त्यो हो दलहरुले आफ्ना कार्याकर्तालाई स्वतन्त्र उम्मेदवार बनाएर पठाउनु ।

ललितपुरको क्षेत्र नं. १ गोदावरीको गोदामचौरदेखि ठूलादुर्लुङसम्मको भूगोलमा निर्वाचनका बेला उम्मेदवारले कार्यकर्ता परिचालन गर्न अप्ठ्यारो हुने हुँदा स्वतन्त्र उम्मेदवार उठाउने र उनीहरुलाई परिचालन गर्छन् । तीनै डमी उम्मेदवारले हरेक निर्वाचनमा खेल खेल्ने गरेका हुन् ।
ललितपुर क्षेत्र नं. १ बाट उम्मेदवारी दिन आएका एक कार्यकर्ताले निर्वाचनका गाडी नचल्ने र सवारीलगायत सुविधा पाइने भएकाले पार्टीको निर्देशनमा उम्मेदवारी दिएको बताए । उनले नाम नभन्ने शर्तमा भने, ‘लाग्ने खर्च सबै पार्टीले दिन्छ । म त उम्मेदवार नै मलाई भोट हाल्दिन ।’ निर्वाचनमा उम्मेदवारहरु पनि बुथमा पस्न पाउछन् । त्यसबेला अर्को पार्टीले कही कतै धाँदली गर्न लागेको अवस्थामा रोक्न यिनै डमी उम्मेदवार र उनका प्रतिनिधिहरु उपयोगी हुन्छन् ।
ललितपुरकी एक निर्वाचन अधिकृतले पनि अघिल्लो निर्वाचनमा केही उम्मेदवारहरुले एक भोट पनि नपाएको देखेर सुरुमा अचम्म लागेको बताइन् । उनले भनिन्, ‘अनि पो थाहा भो ठूला दलले यस्तो खेल खेल्ने रहेछन् ।’
निर्वाचन आयोगले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गर्न रु १० हजार र प्रदेससभाका लागि रु ५ हाजार हुल्क तोकेको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।