२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उम्मेदवार मनोनयन अपडेटः प्रतिनिधि सभातर्फ २५ सय २, प्रदेश सभातर्फ ३४ सय ३६ 



काठमाडौं, २४ असोज ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म ५ हजार ९३८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आइतबारलाई उम्मेदवारी मनोनयनको मिति तोकेको थियो । आइतबार मनोनयन गरेका उम्मेदवारको विवरण आयोगको सूचना प्राणालीमा प्रविष्टि गर्नेक्रम जारी छ ।

हालसम्म ५ हजार ९३८ जनाको मनोनयन प्रणालीमा प्रविष्ट भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी मनोनयन गर्नेमध्ये ५ हजार ४०८ जना पुरुष (९१.०७ प्रतिशत) र ५२९ जना महिला (८.९० प्रतिशत) रहेका छन् ।

पौडेलका अनुसार प्रतिनिधि सभा तर्फ हालसम्म २ हजार ५०२ जना उम्मेदवारको मनोनयन प्रविष्ट भएको छ । मनोनयनमा परेकामध्ये २ हजार २६९ जना पुरुष र २३३ जना महिला छन् । यस्तै, प्रदेश सभातर्फ हालसम्म ३ हजार ४३६ जना उम्मेदवारको मनोनयन परेको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार १३९ प्रतिशत पुरुष, २९६ जना महिला र अन्य १ जना रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।