३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमाेहन जाेशीकाे स्वास्थ्यमा सामान्य सुधार



फाइल फोटो

२५ असोज ०७९, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । विगत १८ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा हिजो सोमवारभन्दा आज मङ्गलवार केही सुधार आएको अस्पतालले जनाएको छ ।

मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार आएको र उनले सामान्य प्रतिक्रियासमेत देखाएका अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिए । छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक्स भने निरन्तर छ । रगत परीक्षणपछि उहाँमा डेङ्गी पुष्टि भइ उपचार भइरहेकोमा हिजो बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।