११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सोह्रखुट्टेमा प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार



प्रतिकात्मक तस्बिर ©lalitpurkhabar.com by shyam phuyal

२५ असोज ०७९, काठमाडौं । काठमाडौं साह्रखुट्टेमा दुईजना युवकमाथि धारिलो हतियार र बोतल प्रहार भएको छ। मंगलबार बिहान खुकुरी र बोतल प्रहार गरिँदा दुईजना बाउन्सर घाइते भएका छन्। घाइते हुनेहरुमा नितेश राई र छिरिङ लामा हुन्।
उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

दरबारमार्गस्थित प्लाटिनम क्लबबाट ड्युटी सकेर फर्किने क्रममा सोह्रखुट्टेमा उनीहरुमाथि ६/७ जनाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : २१ बजे