६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रचण्डले आचारसंहिता उल्लंघन गरे, आयोगले सोध्यो स्पष्टीकरण




२७ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आचारसंहिता उलंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । यद्यपी ललितपुरमा समेत उम्मेदवारहरुले बाजासहितको उम्मेदवारी दर्ता गर्न गएका थिए ।
सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र बाजागाजा र तामझाम सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको जनाउँदै निर्वाचन आयोगले यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोध्नेको जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।