१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको बुंगमतीमा शनिबार ‘बुंग महोत्सव’ हुने



२७ असोज ०७९, ललितपुर । आँउदो शनिबार ललितपुरको बुंगमतीमा ‘बुंग महोत्सव’ हुने भएको छ । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने महोत्सवमा महोत्सवमा लाइभ म्युजिक, नेवारी खाना, नेवारी वास्तुकलाको प्रदर्शनी रहने ‘इकोज इन द भ्याली’का सहसंस्थापक भूषण शिल्पकारले बताएका छन् । महोत्सवमा गाइडको सहायतामा बुंगमती सम्पदा भ्रमण गराउने कार्यक्रम छ ।
महोत्सवमा प्रवेश गर्न कुनै शुल्क लाग्दैन भने बालबालिकाको लागि कथा कथन, बोर्ड गेम र बडि आर्टको व्यवस्था गरिएको छ । यहाँ चिउरा, आइला र मकैको भुसीका सामान बनाउने जस्ता गतिविधिमा लागेर महोत्सवको रमाइलो लिन सक्नेछन् ।

यहाँ नेपाल भाषाको रञ्जना लिपिको स्टल पनि हुनेछ । यहाँ मानिसहरूले रञ्जना लिपि र परम्परागत नेपाल भाषामा आफ्नो नाम लेख्न सिक्नुका साथै अन्य परम्परागत खेल खेल्न पाउनेछन् ।
बुंगमती हस्तकला तालिम केन्द्रका कलाकारहरूको विशेष कला प्रदर्शनी रहनेछ । महोत्सवको आकर्षण बढाउन सांगितिक प्रस्तुति राखिएको छ । कार्यक्रममा कुटुम्ब, रात्री, पञ्थामृत, रैथाने, कान्त डब डब र कल्पकुञ्ज लगायतका ब्यान्डहरूको प्रस्तुति रहनेछ ।
युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट, लुमन्ती, सिआइयुडी, आइएचएस र सभाद्वारा सञ्चालित पर्य–सम्पदा परियोजना मार्फत बुङ्गमतीको प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको हो ।
बुंगमतीमा रहेका मुर्त तथा अमुर्त सम्पदाहरू र हराउँदै गएका परम्परागत संङ्गित उजागर गर्ने र पुनरोत्थान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको शिल्पकारले बताए । महोत्सवले आगामी समयमा बुंगमतीप्रति पर्यटकको आकर्षण बढाउनेछ । जसले गर्दा स्थानियवासीको आर्थिकस्तरमा उन्नति हुने अपेक्षा गरिएको छ ।

 

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : ४७ बजे