११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन अस्पतालमा बिरामीको संख्या ह्वातै बढ्यो



२७ असोज ०७९, ललितपुर । पाँच सय बेड क्षमता भएको पाटन अस्पतालका सबै बेड भरिएका छन् । बुधबार मात्रै एक हजार ५५० बिरामीले ओपिडी तथा इमर्जेन्सी सेवा लिएका छन् । भर्ना भइरहेका तथा विभिन्न बेडमा उपचाररत बिरामीको संख्या पाँच सय छ ।

अस्पताल स्रोतका अनुसार यसपटक दसैँपछि बिरामीको संख्या अप्रत्याशित बढेको छ । अझ डेंगुका बिरामीको चाप धेरै छ । डेंगुका ३८ बिरामी भर्ना भएका छन् । अस्पतालका निर्देशक डा. रवि शाक्यले डेंगुका बिरामीको संख्या बढेको बताए । उनका अनुसार दैनिक दुई सय डेंगुका बिरामी अस्पताल आउने गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : ३३ बजे