६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रभु साह एमालेबाट निष्कासित, रौतहट जिल्ला कमिटी विघटन



२८असोज ०७९, काठमाडौं । नेकपा एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ। शुक्रबार प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी दिएका छन्।

एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि अध्यक्ष साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले भन्दै जिल्ला कमिटी विघटन गरिएको हो। एमालेबाट विद्रोह गरेका साहलाई रौतहट ३ मा सत्ता गठबन्धनले समर्थन गरेको छ। यस्तै, नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह–इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।