१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं शहर तिहार अघि नै झिलिमिलि (तस्वीरहरु)



न्युज एजेन्सी नेपाल
२९ असोज ०७९, काठमाडौं । दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् ।


बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला र फूलहरुले पसल र सडकहरु पनि सजिएका छन् ।
तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ ।

त्यसैले यो पर्वलाई उमंगमय बनाउन झिलिमिली बत्ती र फूलहरुको प्रयोग अत्यधिक हुन्छ । परम्परागत दियो बाल्ने चलन कम हुँदै गएकाले आधुनिक बिजुली बत्तीको प्रयोग बढ्दो छ । तिनै बत्ती, फूल र मानिसहरुको चहलपहलले काठमाडौं उपत्यकामा तिहार सुरु भइसकेको भान हुन्छ । हेरौं केही तस्वीर

 

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।