१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लुभुतर्फ जाँदै गरेको मोटरसाइकल घरको भित्तामा ठोक्कियाे, एक जनाको मृत्यु



प्रतिकात्मक तस्बिर

२९ असोज ०७९, ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाही मोहनबाबु खत्रीको मृत्यु भएको हो ।
ललितपुरको इमाडोलदेखि लुबुतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । २६ वर्षका खत्रीको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : २१ बजे