३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको शरीर अस्पताललाई दान, जन्मकुण्डली बागमती घाटमा जलाइयो



३० असोज ०७९, ललितपुर ।  वाङ्‍मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर अस्पताललाई दान गरिएको छ। आइतबार जोशीकै इच्छा बमोजिम उनको पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरिएको हो।

शरीर अस्पताललाई दान गरेपछि जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमतीघाटमा जलाइएको छ। उनका जेठा छोरा अनुराज र कान्छा छोरा डा। पूर्णराज जोशीले बेलुकी ६ः१४ बजे बागमतीघाटमा जन्मकुण्डली जलाउँदै अन्तिम संस्कार गरेका थिए। किष्ट अस्पतालमा उपचारका क्रममा आइतबार बिहान जोशीको निधन भएको थियो।

तस्विरः गिरीश गिरी

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।