६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एउटै खाडलमा किशोरकिशोरी मृत फेला




३१ असोज ०७९,दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँको जङ्गलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन् ।
उनका अनुसार उनीहरूको शव आज दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । तीन दिनअघि असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनीहरूको शवपरीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।