३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा जेसिबी दुर्घटना, २५ वर्षीय युवकको मृत्यु



३१ असोज ०७९, काभ्रे । सोमबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका -६ कुखुरेपाखामा एक  जेसिबी अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको हो ।  प्रहरी चौकी कटुन्जेका अनुसार कुखुरेपाखाबाट कटुन्जेतर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नं को जेसिबी अनियन्त्रित भई आज बिहान अन्दाजी १० बजेतिर सडकबाट ९५ फिट तल खोलामा खस्न पुगेको हो । मृत्यु हुनेमा दुर्घटित जेसिबीकै चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जीवराज तामाङ रहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।