३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा प्रतिपक्षलाई हराउने दावी



१ कार्तिक ०७९, ललितपुर  । ललितपुरमा प्रतिपक्ष दल नेकपा एमालेलाई मंसिर ४ गते पराजित गर्ने वाम लोकतान्तिक गठबन्धनका उम्मेदवारहरुले दावी गरेका छन् ।

एकीकृत समाजवादीका पूर्वसांसद तथा वाम गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जनले देशमा संकट आएको बेला लोकतान्त्रिक वाम शक्ति एकजुट हुनु परेको बताएका छन् । उनले जनताको हक, वलिदान आएको व्यवस्था जोगाउन लोकतान्त्रिक वाम गठबन्धन गरी चुनावमा जानु परेको र आगामी मंसीर ४ गते प्रतिपक्ष दललाई हराउनु पर्ने बताए ।

नेपाली काँग्रेसका ललितपुर क्षेत्र नं. २ (ख) का प्रदेश उम्मेदवार रामकृष्ण चित्रकारले डेढ महिनामा २ पटक संविधान विघटन गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

सोमबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति शुदर्शन घिमिरे, नेकपा माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिव कट्टेल, रामगोपाल सिंह, समाजवादीका बागमती पूर्व प्रदेश सभा समितिका सभापति तथा स्थायी कमिटी सदस्य माधव पौडेल, नेकपा समाजवादीका जिल्ला अध्यक्ष हरिकृष्ण थापा, प्रेमल खनाल, नकुल थापा, नेपाली काँगेसका दिवाकर शिल्वाल लगयतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १० : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।