६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१७ सय बढी डेंगु संक्रमित थपिए, कोरोना सक्रिय संक्रमित ७ सय ३६



१ कार्तिक ०७९, काठमाडौं । नेपालमा थप १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो ।

त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

देशभर थप ४६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० हजार ९९४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।