११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यस्ता छन् ललितपुरका ३ वटै निर्वाचन क्षेत्रका सत्ता गठबन्धनका उम्मेदवारको प्रतिबद्धता



१ कार्तिक ०७९, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरूको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताएकी छन् । मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताएकी हुन् ।

उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि बताइन् । मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताइन् । उनले रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गर्न जोड दिने उल्लेख गरिन् ।

त्यस्तै गरी गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका नेता उदय शमशेर राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनको निम्ति वाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्ने बताए । उनले मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने र देशको आर्थिक अवस्थामा सुधार ल्याई बेरोजगार युवाहरुलाई रोजगारी दिने लक्ष्य रहेको बताए । उनले भने, ‘अब यो देशमा आर्थिक क्रान्ति ल्याउनको निम्ति । यो देशमा आर्थिक परिवर्तन ल्याउनको निम्ति अब यो गठबन्धनले दुई तिहाई बहुमत नल्याइकन हुँदैन भन्ने हाम्रो ठम्याइ छ । लोकतान्त्रिक–वाम गठबन्धनको सरकार बनिसकेपछि हाम्रो मुल दिशा भनेको यो देशको उन्नति, यो देशको आर्थिक परिस्थितिलाई परिवर्तन गरेर हाम्रो धेरै बेरोजगार युवाहरुलाई रोजगारी दिने लक्ष्य अनुसार हामी अगाडी बढेका छौँ ।’ उनले आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणाम अनुसार गठबन्धनको मत एमालेको भन्दा १५ हजार बढी रहेको भन्दै आफ्नै मत सुरक्षित गरेमा निर्वाचन जित्न सकिने बताए ।

त्यसैगरी ललितपुर क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का नेता कृष्णलाल महर्जनले प्रतिगमनकारीहरुलाई परास्त गर्नका लागि आफैंलाई उम्मेदवार ठानेर निर्वाचनको काममा लाग्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । उनले आफू विगतमा सांसद हुँदा मतदाताहरूले शिर झुकाउनुपर्ने गरी काम नगरेको भन्दै आगामी दिनमा पनि मतदाताको शिर झुकाउन नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले विगतमा आफ्नै नेतृत्वको गलत कामको बिरुद्धमा विद्रोह गरेको उल्लेख गर्दै खराब कामको बिरुद्धमा सधैँभरी लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : २० बजे