११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलमा भेटियो अखाद्य वस्तु



१ कार्तिक ०७९, काठमाडौं । काठमाडौं नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ। मंगलबार काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा ती ठाउँमा अखाद्य वस्तुसमेत भेटिएको हो।

स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्सा, वडा नम्बर ३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस ९सीएफसी०, लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा अनुगमन गरेको थियो। जसमा अखाद्य वस्तुहरू भेटिएको महानगरले जनाएको छ।
अनुगमनका क्रममा सबैको भान्सामा सरसफाई र स्वच्छताको कमी देखिएको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए।

यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको महानगरले जनाएको छ।
एउटा बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासुसमेत भेटिएको निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा अवधेश झाले जानकारी दिए।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : ४० बजे