११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको शंखमुलमा चोरी




२ कात्तिक ०७९, काठमाडौं । काठमाडौंको शंखमुलमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ शंखमुल राधा मार्गमा चोरी भएको हो । यस ठाँउमा डेरा गरी बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका ६ घर भएका ४९ वर्षीय भोजराज आचार्यको कोठाबाट करिब ६ लाख ४४ हजार १ सय रुपैयाँ बराबरको सुनका बिभिन्न गहना तथा धनमाल सोमबार साँझ चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ५६ बजे