११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उदय शम्सेरले भने, ‘अव ‘जय लाल’ भन्छौं’




ललितपुर खबर
२ कात्तिक ०७९, ललितपुर । ललितपुर १ का गठबन्धन उम्मेदवार उदय शम्सेर राणाले आफ्नो निर्वाचन क्षेत्रमा ‘जय लाल’ भनेर अभिवादन गर्ने बताएका छन् ।
ललितपुरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरुलाई लाल सलाम भनेर अभिवादन गर्न कुनै अप्ठ्रो नभएको प्रतिकृया दिदै एकले अर्कोलाई सहयोग गरेर निर्वाचन जित्ने दावी गरे ।

उनले नेपाली काँग्रेसले लाल सलाम भन्ने दिन अघि पनि आएको बताए । उनले भने, हामी २०४६ सालमा पनि मिलेकै हौं । ०६३/६३ मा पनि मिलेका हौं ।
तर कार्यक्रममा गठबन्धनको विरोधमा रहेका मदनबहादुर अमात्यलगायतका नेताहरु भने कार्यक्रममा सहभागी थिएनन् ।
सबैले भने ‘लालसलाम जय नेपाल’
ललितपुरमा गठबन्धनले मंगलबार निर्वाचन परिचालन अभियान सुरु ग¥यो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरे । सम्बोधनका अन्तमा सबैले भने जयनेपाल लाल सलाम ।
गठबन्धन गरेर निर्वाचन गएसँगै आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेताहरुले लाल सलाम भनिरहँदा कार्यकर्ताहरुले असहज महसुस गरिरहेको देख्न सकिन्थ्यो भने माओवादीका कार्यकर्ताहरु हामीले पनि जय नेपाल भन्ने र भन्दै खासखुख कुरा गरिरहेको सुन्न सकिन्थ्यो ।

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ३५ बजे