११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको लोकन्थली हेल्थ पोष्टमा चोरी




२ कात्तिक ०७९, भक्तपुर । भक्तपुरको लोकञ्थली हेल्थ पोष्टमा चोरी भएको छ । प्रहरीका अनुसार मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरास्थित १ नम्बर वडा र लोकन्थली हेल्थ पोष्ट रहेको संयुक्त कार्यालय भवनबाट करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल गए राती चोरी भएको हो ।
उक्त भवनको मूल ढोकाको अपरिचित व्यक्तिहरुले ताल्चा फुटाई भवनभित्र रहेको लोकन्थली हेल्थ पोष्टबाट १ थान कम्प्युटर र १ नम्बर वडा कार्यालयबाट ७ थान कम्प्युटर, पानी तताउने जग, कराई, प्रेसर कुकर, चिया पकाउने भाँडा लगायत गरी उक्त मूल्य बराबरको धनमाल चोरी भएको हो । चोरीको सूचनापछि खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : १७ बजे