५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तिहारका लागि असर्फी बिक्री शुरु



३ कात्तिक ०७९, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै असर्फी बिक्री शुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्री शुरु गरेको हो।
२.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार सात सय २६ रुपैयाँ, पाँच ग्राम असर्फीको मूल्य ४१ हजार चार सय ५१ रुपैयाँ र १० ग्राम असर्फीको मूल्य ८२ हजार नौ सय दुई रुपैयाँ तोकिएको छ।
त्यसैगरी, नौ सय टचको सार्क सिक्का १५ ग्रामको एक लाख १२ हजार ३० रुपैयाँ तथा ३० ग्रामको दुई लाख २४ हजार ६० रुपैयाँ तोकिएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।