११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरले तिहारमा मिठाई, मसलालगायतको अनुगमन गर्ने



फाइल तस्विर

३ कात्तिक ०७९,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहार पर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।
आज उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको संयोजकत्वमा बसेको समितिको बैठकले नियमितसँगै पर्वलक्षित विशेष अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकले तिहारमा धेरै उपयोग हुने मिठाई, मसला, फलफुल, दूध तथा दूधजन्य, फलफुललगायत खाद्यबस्तुको विक्री वितरण तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको अनुगमन गर्ने निर्णय भएको छ ।
अनुगमनका लागि महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाको संयोजकत्वमा अनुगमन टोली गठन भएको छ ।
अनुगमन टोलीमा महानगरका अधिकारीहरुसँगै जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागबाट प्रतिनिधिलाई सहभागी गराइनेछ । त्यस्तै अनुगमन हुने वडाबाट प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी रहनेछन् ।
बैठकमा बोल्दै उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, स्वच्छ, सुपथ र सुलभ बजारमा गुणस्तरीय बस्तु प्राप्त गर्ने उपभोक्ताको हक स्थापित गराउनुलाई नतिजा मानेर काम गर्नुपर्ने बताए । ‘यो नियमित प्रक्रिया हो । अवसर विशेष गरिने क्रियाकलाप होइन । त्यसैले तिहारपछि पनि अनुगमन नियमित चलिरहन्छ ।’ उनले भने, ‘अनुगमनबाट कोही पनि हतोत्साहित हुनुहुँदैन । ’
त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, बजारको सन्तुलन कायम गराइ राख्न निगरानी आवश्यक पर्ने धारणा राखे ।
बैठकमा समितिका सदस्य एवं वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा ३१ का अध्यक्ष सरोज ढकाल, स्वास्थ्य, कानुन तथा मानव अधिकार विभाग, खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुखहरु, पशु चिकित्सक, पशु विकास अधिकृतसहित पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : २४ बजे