१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीका दुई मन्दिरहरुबाट एकै दिन मूर्ति चोरी




३ कात्तिक ०७९, काठमाडौं । काठमाडौंको चन्द्रगिरी र भक्तपुरको मध्यपुर ठिमी निलबाराही मन्दिरबाट बुधबार एकैदिन मूर्तिहरु चोरी भएको छ ।
प्रहरीका अनुसार भक्तपुरको मध्यपुरठिमी नगरपालिका ९ निलबराही मन्दीरबाट ढुँगाले बनेको बुद्ध भगवानको मुर्ती बुधबार दिउँसो चोरी भएको छ ।
साथै काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ नैकापस्थित बिष्णुदेबी मन्दिरबाट करिब ३ किलोको पित्तलको झलरी सोमबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
मूर्तिहरु चोरीका सम्बन्धमा प्रहरीले संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ३३ बजे