११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका भेलुखेलका किसानलाई धान भित्र्याउन चटारो



४ कात्तिक ०७९ भक्तपुर। भक्तपुरका किसानलाई यतिबेला धान भित्र्याउन चटारो छ । भेलुखेलमा तिहार अगाडि नै धान भित्र्याउन भ्याइनभ्याइ भएको हो ।

लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्त पुरका किसानहरु यतिबेला धान भित्र्याउन लागिपरेका हुन् । उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ ।

भक्तपुरको भेलुखेल टोलका झण्डै पचास घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले छुट्याएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य देख्न सकिन्छ ।

भेलुखेलमा खाली चोक तथा आँगन धानले भरिएका छन् । सडक किनारमा सुकाइरहेको धान घुम्न आउने पर्यटकले समेत नियालेर हेर्ने गरेका छन् । धानको धुलोको बेवास्ता गर्दे पर्यटकहरु किसानको जीवनशैलीमा रमाउने गरेका छन् ।

स्थानीयहरु मिलेर धान सुकाउने र उठाउने गर्छन् । भेलुखेलमा मात्र होइन भक्तपुरका अरु ठाउँमा पनि यसैगरी धान सुकाएको देखिन्छ । चरा, कुखुराबाट जोगाउन उनीहरु धान सुकाएको ठाउँमा कुरेर बस्छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : २३ बजे