११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विप्लवको पार्टी छोडेर ‘रक्तिम’ फेरि माओवादीमा फर्किए



५ कात्तिक ०७९, ललितपुर । विकास दाहाल(रक्तिम) नेकपा माओवादी (विप्लव) छोडेर फेरि नेकपा माओवादी(केन्द्र) प्रवेश गरेका छन् । उनका काका ललितपुर क्षेत्र नं. क बाट प्रदेश सभासदको उम्मेदवार रहेको अवस्थामा उनी फेरि माओवादी केन्द्र प्रवेश गरेका हुन् । नेकपा माओवादी र एमाले एकीकरण भएपछि विप्लवसम्बद्ध माओवादीमा उनी प्रवेश गरेका थिए । शनिबार विज्ञप्ती मार्फत उनी नेकपा माओवादी केन्द्र प्रवेश गरेको र सो निर्णय आफ्नो व्यक्तिगत रहेको र यसमा कसैको दवाव र प्रभाव नरहेको उनको भनाई छ ।
२०६२ सालमा अखिल क्रान्तिकारीबाट सक्रिय राजनीतिमा प्रवेश गरेका दाहाल विद्यार्थी संगठनको जिल्ला सदस्य जिल्ला तथा विद्यार्थी डिओसीको सदस्य, विद्यार्थी वाइएसिएल को जिल्ला सह–संयोजकमा कृयाशिल थिए । उनी नेकपाको नेकपाको नवौँ जिल्ला सम्मेलनबाट जिल्ला सदस्य निर्वाचित भएका थिए । २०६० सालमा दोरम्बा हत्याकाण्डमा उनकी काकी अम्बिका दाहाल (ललिका) मृत्यु भएपछि उनीे माओवादी आन्दोलनमा सक्रियता भएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ३३ बजे