२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोहोरको थुप्रोमा भेटियो ८९ थान सुनका गहना



फाइल तस्बिर

५ कात्तिक ०७९, ताप्लेजुङ । ताप्लेजुङमा फोहोरको थुप्रोभित्र फालिएको अवस्थामा ८९ थान सुनका गहना फेला परेको छ। शुक्रबार प्रहरीले फुङलिङ– ४ स्थित बोरामा प्याक गरी जंगलमा फालिएको (लुकाइएको) अवस्थामा ती गहना फेला पारेको हो।

गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यसअघि प्रहरीले ४ लुटेरा नियन्त्रणमा लिएको थियो । उनिहरुको साथबाट एक सय ४३ तोला सुनका गरहगना र नगद रु. ६ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरेको थियो।

कञ्चन मनी ट्रान्सफर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।