११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार शिवहरि घिमिरे र रोजिना थापालाई




६ कात्तिक ०७९, ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुरले यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार शिवहरि घिमिरे र रोजिना थापालाई प्रदान गरेको छ ।
पुरस्कार छनौट समितिका सदस्य सचिव तथा प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार घिमिरे र थापालाई प्रेस सेन्टरका केन्द्रीय इन्चार्जसमेत रहेका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु प्रसाद सापकोटा (जुगल)ले पाँच हजार एक सय रुपैयाँ रहेको पुरस्कार राशी र सम्मानपत्र सनिबार एक कार्यक्रमबीच वितरण गरे ।
उनका अनुसार नेपाल बार एसोसिएसन ललितपुरका अध्यक्षको संयोजकत्वमा गठित ३ सदस्यीय पुरस्कार छनौट समितिले दुई जनाको नाम छनौट गरेको हो ।
द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ५२ बजे