११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीको पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्न साइक्लोथन



६ कात्तिक ०७९, काठमाडौं ।  ललितपुरको गोदावरी नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रवर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयासस्वरुप साइक्लोथन साइकल यात्रा हुने भएको छ ।
गोदावरी उद्योग बाणिज्य संघले आइतबार पत्रकार सम्मेलन गरी आगामी बुधबार हुने साइकल यात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्रीका साथै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा सहभागी राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहने जानकारी दिएको छ ।
बज्रबाराहीस्थित नगरपालिकाको प्रशासकीय भवन प्रांगणबाट सुरु हुने साइकल यात्राले नगरपालिकाको १४ वटै वडा परिक्रमा गर्नेछ । साइकल यात्राको दूरी ५० किलोमिटरको रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बिहान साढे ७ बजेदेखि सुरु हुने साइकलयात्रा नगरपालिका कार्यालयबाट ठेचो, चापागाउँ, चारघरे, इटाइटी, छम्पी, टोकलमाठ, डुकुछाप, दनुवार वस्ती, नेपाल आर्ट भिलेज, देवीचौर, टीकाभैरव, लेले, बडिखेल, टौखेल, गोदावरी, विशंखुनारायण, गोदामचौर, मुक्तिनाथ मन्दिर, दमाईटार, ठैव, बाडेगाउँ, झरुवारासीहुँदै नगरपालिका कार्यालयमा पुगेर समापन हुनेछ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : १० बजे