१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा ६२ जना जुवा खेल्ने पक्राउ, नौ जनाविरुद्ध मुद्दा दर्ता



स्केज : श्याम फुयाँल\ललितपुर खबर

७ कात्तिक ०७९, काठमाडौं । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।
प्रहरीले जुवा खेल्नेबाट रु छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग रु दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ५५ बजे