११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट सूर्यास्तसँगै देखियो सूर्यग्रहण




ललितपुर खबर
८ कात्तिक ०७९, काठमाडौं । काठमाडौं उपत्यकाबाट सूर्यास्तको बेला सूर्यग्रहण देखिएको छ । राजधानीको दक्षिण आकाशमा साँझपख ाँझ ४ बजेर ५२ मिनेटदेखि ५ बजेर २४ मिनेट जाँदासम्म ग्रहण लागेको हो। ्
नेपालमा मंगलबार करिब ३२ मिनेट सूर्य ग्रहण लागेको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार मंगलबार स यसपटकको सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको थियो। सूर्यग्रहण त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको थियो ।
सूर्यग्रहणको समयमा प्रकाश हल्का मधुरो भएको थियो । आकाशमा सूर्यको उत्तरी भागबाट ग्रहण प्रवेश गरेको थियो । मधुरो प्रकाशका कारण उत्तरतर्फको हिमाल रातो भएको देख्न सकिन्थ्यो ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ०१ बजे