११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज गोदावरीमा साइकल यात्रा



लेन्स : मणिराज लामिछाने

६ कात्तिक ०७९, काठमाडौं । आज ललितपुरको गोदावरी नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रवर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयासस्वरुप साइक्लोथन साइकल यात्रा हुँदैछ ।
गोदावरी उद्योग बाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले ५० मिलोमिटरको साइकल यात्रा हुन लागेको ललितपुर खबरसँग बताए ।साइकल यात्रा अहिले गोदावरी नगरपालिकाबाट सुरु हुँदैछ । साइकल यात्रा चापागाँउ, टाहाखेल, हनुमठ,डुकुछाप,बुरुञ्चुली, टिकानभैरव लेले, बडिखेल, टौखेल,गोदावरी,विशंखुनारायण,ठैव, झरुवाराशी हुँदै बज्रवाराही नगरपालिकासम्म हुनेछ ।
उनका अनुसार साइकल यात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्रीका साथै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा सहभागी राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता हुनेछन् ।
साइकल यात्राले नगरपालिकाको १४ वटै वडा परिक्रमा गर्नेछ । साइकल यात्रा स्थानीय पर्यटन प्रबद्धनका लागि हुने महर्जनको भनाई छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : ५६ बजे