११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापाखेलको जुवाखालबाट ६ जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

१२ कात्तिक ०७९, काठमाडौं । ललितपुरको धापाखेलको जुवाखालबाट ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका ७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रूपैयाँ, रातो रङको क्वाईन २३ थान, तास, कालो रङको क्वाईन २२ थान, सेतो क्वाईन १८ थान र ३ वटा गाडी सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : २० बजे