४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज छठको सार्वजनिक बिदा




१४ कात्तिक ०७९, काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
छठ पर्वका अवसरमा हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन् । छठमा सूर्यदेवको उपासना गरिन्छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामका गङ्गासागर, धनुष सागरलगायत नदी÷खोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य दिएका छन् । निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अघ्र्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ ।

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा राणा छठ पर्व हेर्न जनकपुरधाम आएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।