१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ३ की उम्मेदवार डा. तोसिमाको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतको आदेश




१५ कात्तिक ०७९, ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाछ उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई सर्वोच्च अदालतलाई अन्तरिम आदेश दिएको छ ।
मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले गतशनिबार कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ पनि माग गरेको छ ।

तोसिमाको पक्षमा अधिवक्ताहरु भिमार्जुन आचार्य,सिरेन्द्र भण्डारी,ललित बस्नेत,ओमप्रकाश अर्याल, मधुकुमार चौलागाई र दिनेश त्रिपाठीले वकातल गर्दैछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : ५८ बजे