२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपति दर्शन गर्ने तीर्थयात्री बोकेको भारतीय नम्बरको बस गैँडाकोटमा पल्टियो



१७ कात्तिक ०७९, काठमाडौं । नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैँडाकोट नगरपालिका- ९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित २२ जना घाइते भएका छन्।

भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो। घाइतेहरूलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।