७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तोसिमाको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरूद्व भ्याकेट निवेदन दर्ता



१८ कात्तिक ०७९, ललितपुर । ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ।

उक्त अन्तरिम आदेश बदर गर्न माग गर्दै आयोगले शुक्रबार अपराह्न सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता एवं उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए।

लाभको पदमा बहाल रहेकाले उम्मेदवार बन्न अयोग्य हुने आयोगको निर्णयविरुद्ध कार्कीले दिएको रिटमा सर्वोच्चले १५ कात्तिकमा उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।