२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ



२० कात्तिक ०७९, काठमाडौं । प्रहरीको साइबर ब्‍यूरोले नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सुरूङगा नगरपालिका वडा –१ बस्ने १९ वर्षीय सुमित कुमार थापा रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी) नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने गरेका थिए ।

उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्‍याद थप गरेर विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।