११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा नेकपा एसका वडा कमिटी अध्यक्ष नै एमालेमा प्रवेश



२३ कात्तिक ०७९, चापागाँउ ।  आसन्न प्रदेश तथा प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलभित्र रहेर अवाञ्छित गठबन्धन भन्दै असन्तुष्ट बनेकाहरु पार्टी परित्याग गर्ने लहर बढेको छ। यसैबीच बुधबार गोदावरी नगरपालिका ३ मा नेकपा एकीकृत समाजवादीका वडा कमिटि अध्यक्ष नवराज मगर सहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

मगरलाई एमालेका तर्फबाट ललितपुर १ मा संघीय सांसदको उम्मेदवार रहेका नवराज सिलवाल र प्रदेश क का उम्मेदवार मधुसुदन पौडेलले पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गरेका उनले आफू विगतमा पनि लामो समय एमालेमा काम गरेको र पार्टी विभाजन हुँदा विशेष कारणवस समाजवादीमा गए तापनि अहिले आफ्नै घरमा फर्किएको बताए। अब आसन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउनका लागि अब आफुहरु कम्मर कसेर लागिपर्ने मगरको प्रतिबद्धता छ।

गोदावरी -३ संघ र प्रदेश क को उम्मेदवार रहेका नवराज सिलवाल र मधुसुदन पौडेलको आफ्नै वडा हो। प्रवेश गरेका मगरलाई स्वागत गर्दै संघीय सांसदका उम्मेदवार नवराज सिलवालले पार्टीमा उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे। स्थानीय युवाको माझ लोकप्रिय मगर पार्टीको लागि अपरिहार्य होनहार युवा भएको प्रदेशका उन्म्मेदवार पौडेलको भनाई छ। पौडेलले अन्य दलमा रहेका सम्पूर्ण राष्ट्रवादी युवाहरुलाई नेकपा एमालेमा समाहित भएर देश निर्माणको अभियानमा एकजुट हुन् आग्रह गरेका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ३० बजे