११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोङ्गबुमा सालकको खपटासहित दुई जना पक्राउ



२३ कात्तिक ०७९,  काठमाडौं । काठमाडौँमा नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

प्रहरीले उनीहरुसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ। यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नंको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ०४ बजे