११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बसुन्धारामा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु



२३ कात्तिक ०७९,  काठमाडौं । काठमाडौंको बसुन्धारामा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ ४ः ४० बजे काठमाडौं ३ नारायण गोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।
तत्कालै प्रहरी वृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कास्की, साविक कालिका गा.वि.स. ९ घर भएका ४७ वर्षीय बेल बहादुर राना मगर र कास्की मादी गा.पा.५ बस्ने ४१ वर्षीया कल्पना राना मगर छन्।
प्रहरीले ना ८ ख १८४१ का ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ३६ बजे