२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दियो, दुई जनाको मृत्यु



२४ कात्तिक ०७९, काठमाडौं ।  काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसुन्धरामा बुधबार ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

पोखराका बेलबहादुर रानामगर र कल्पना रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल लगिएकामा ज्यान गएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार  ट्रक चालक चितवनका राम हमाल पक्राउ परेका छन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।