११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काँडाघारीमा दिनदहाडै चोरी



२४ कात्तिक ०७९, काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी चोकमा दिनदहाडै चोरी भएको छ । काँडाघारीस्थित चन्द्र प्रकाश कोइरालाको घरबाट बुधबार दिउँसो सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नगद र गहना सहित गरेर करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको पीडित पक्षले दाबी गरेका छन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारी र वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १२ : ४५ बजे