४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याएको बारको भनाई



२४ कात्तिक ०७९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याएको भन्दै नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर अख्तियारले आफू अनुकुलको फैसला गर्न दबाव दिएको भन्दै आपत्ति जनाएको हो । अख्तियारले २२ गते पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो ।

बारका कार्यबाहक अध्यक्ष हर्कबहादुर रावलले भनेका छन्, ‘आफ्नो क्षेत्रधिकारको समेत ख्याल नगरी ‘अदालतबाट न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गरेको बार केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठकको निष्कर्ष छ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।