११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका विभिन्न ठाउँमा बिजुली अवरुद्ध



२६ कात्तिक ०७९, ललितपुर ।  ललितपुरका विभिन्न ठाउँमा गएरातिदेखि बिजुली छैन । लगनखेल, सातदोबाटो, खुमलटारलगायतका ठाउँमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
शुक्रबार बेलुकादेखि नै ती ठाउँमा झ्यापझ्याप बिजुली आउने जाने भइरहेको थियो । गएरातिदेखि बिजुली नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अहिले प्राविधिक खटाएर मर्मतको काम थालिने विद्युत् प्राधिकरण लगनखेल वितरण शाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : ११ बजे