११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिंहदरबार वरपरका तार व्यवस्थापन गरिँदै



२६ कात्तिक ०७९, काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपर तार व्यवस्थापन गर्दैछ ।
विद्युत् प्राधिकरण, काठमाण्डौ महानगर, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, दूरसञ्चार प्राधिकरणलगायतको सहभागितामा इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापन गर्न लागेका हुन् ।

पुतलीसडक, माइतीघर, हनुमानथान, भाटभटेनी, अनामनगरलगायतका ठाउँमा तार व्यवस्थापन हुँदैछ । सहरी सौन्दर्यता र जोखिम न्यूनीकरणका लागि देशका विभिन्न ठाउँमा तार व्यवस्थापन गर्दै आएको सङ्घले जनाएको छ ।

साउन अन्तिम हप्तादेखि असोज २७ गतेसम्म काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेल तथा टोखा नगरपालिका र न्युरोडमा तार व्यवस्थापन भइसकेको पनि सङ्घले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : ३६ बजे